सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको नवजीवन अस्पतालमा एनआइसियू सेवा सञ्चालनमा

२०७७ मंसिर २९, ०९:१० खबर संवाददाता

धनगढीः प्रसूति सेवा प्रदान गर्दै आएको धनगढीको नवजीवन अस्पताल प्रालिले नवजात शिशुहरुका लागि सघन हेरचाह यूनिट (एनआईसीयू) सेवा समेत सञ्चालनमा ल्याएको छ । 

अस्पतालले १० शैयाको एनआईसीयू सेवा सञ्चालनमा ल्याएकोे निर्देशक डाक्टर विदुरमणि ढकालले बताए । ‘अहिले २ वटा भेन्टिलेटरसहित १० वेडको एनआईसीयू सञ्चालनमा ल्याएको छौं । समय अनुसार विस्तारसंगै गर्दै जाने छौ, उनले भने ।
अस्पतालको तथ्याँक अनुसार दैनिक १० देखि १५ जनाले प्रसूति सेवा लिदै आएका छन । २/३ जनालाइ दैनिक एनआईसीयू सेवा आवस्यक पर्ने ढकलले बताए । 

निर्देशक डाक्टर ढकालले रिबन काटेर एनआईसीयू सेवाको उद्घाटन गरेका थिए । 
 

कमेन्ट लोड गर्नुस