सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु

२०७७ मंसिर २६, ०७:०४ खबर संवाददाता

धनगढी : बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा महेन्द्रनगर आउँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिदा २ वर्षीया बालिका दिपिका बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बसेको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि स्वास्थ्य चौकी लैजादै गर्दा मृत्यु भएको हो। 

चालक दिपक बोहोरा र बस स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस