सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिस नेपालको उपाधि नम्रतालाई

२०७७ मंसिर २०, १०:३६ रासस

मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिनुभएको छ । हिडेन ट्रेजरले आज यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिन ।

उनलाई मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठले ताज पहि¥यइन । आयोजकले कल्पना गर्नुहोस, ‘तपाईँ सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईँ नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ?’ भन्ने प्रश्नमा उहाँले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन भन्ने जवाफ दिएका थिए । 

मिस नेपाल श्रेष्ठले नगद २ लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत पाएकी छिन । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनुहुनेछिन । प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौँकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौँकी २४ वर्षीया सिमल कनौजियाले पाइन । उनीहरु तीनै जनाले नगद  २ लाख ५० हजार पाइन ।
नेपालमा सन १९९४ देखि मिस नेपाल प्रतियोगिता शुरु भएको थियो । नेपालको पहिलो मिस नेपाल रुवी राणा हुन । आज गरिएको प्रतियोगिता २५औँ हो । सन १९९४ देखि लगातार हुँदै आएको प्रतियोगिता सन २००१, सन २००६ र सन २००८ मा विविध कारणले भएन ।

हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले कोरोना भाइरसका कारणले प्रतियोगिता केही ढिला हुन गएको बताए । उनले तीन हप्ताको भर्चुअल तालीम र दुई हप्ताको भौतिक उपस्थितिमा प्रतियोगीलाई तालीम प्रदान गरिएको जानकारी दिए। प्रतियोगितामा २५० जनाले आवेदन दिए पनि २१ जनालाई मात्र छनोट गरिएको थियो ।

यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि २५ हजार रहेको छ ।
 

कमेन्ट लोड गर्नुस