धनगढीकाे वाल्मीकि इन्टरनेशनल स्कूलद्वारा बाढी पिडितका लागि २ लाख ११ हजार सहयोग
धनगढी: हालैको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले धनगढीकाे वाल्मीकि इन्टरनेशनल स्कूलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीको स्वेच्छिक योगदानबाट संकलित १ लाख रुपैयाँ र विद्यालयको तर्फबाट थप गरिएको १ लाख ११ हजार १ सय ११ रुपैयाँ गरी कुल २ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले सहयोगका लागि स्वेच्छिक रूपमा योगदान गर्ने विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ।