सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायिका हेमन्ता भट्टराईले ल्याइन ‘बौनियाको सहारा घर’

२०७७ मंसिर २०, ०५:३५ खबर संवाददाता

धनगढी: गायिका हेमन्ता भट्टराईको ‘बौनियाको सहारा घर’ बोलको गीत सार्वजनिक भएको छ।

शनिबार धनगढीमा एक कार्यक्रमका बिच प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उक्त म्युजिक भिडियोको विमोचन गरेकी हुन्।

कैलालीको वर्दगोरिया गाउँपालिका–२ मा रहेको साहरा घरमा केन्दीत रहेर भट्टलाईले गीत ल्याएकी हुन। 

उक्त सहारा घरले मानसिक सन्तुलन गुमाएका र आफन्त गुमाई सडक जीवन बिताइरहेकालाई आश्रय दिँदै आइरहेको छ। 

बलबहादुर विष्टद्वारा सञ्चालित उक्त सहारा घरका लागि आफुले गीतलाई बजारमा ल्याएको भट्टराईले बताएकी छिन्। 

कमेन्ट लोड गर्नुस