सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बलात्कार घटना मिलापत्र गराउने ६ जनामाथि मुद्दा

२०७७ मंसिर १७, ०६:४५ खबर संवाददाता

बैतडी: बैतडीको सिगास गाउँपालिका–३ की १८ वर्षीया किशोरी बलात्कार प्रकरणमा पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

जिल्ला अदालत बैतडीबाट म्याद थप गरेर पक्राउ परेका ७ जनामाथि मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। 

पक्राउ परेका ६ जनामाथि बलात्कारको घटना ढाकछोपमा मुद्धा दायर गरिएको छ भने फरार १ जनामाथि जबरजस्तीकरणीबिरुद्धको मुद्धा दर्ता भएको हो।

किशोरी बलात्कारका मुख्य आरोपी सिगास–३ का दिपकसिंह धामी फरार रहेका छन्। उक्त घटनालाई मिलापत्र गराउने सिगास गाउँपालिका ३ का वडाअध्यक्ष शेरसिंह साउँद , स्थानीय राजेन्द्र धामी, नरेन्द्र धामी ,गोपाल धामी, मनोजसिंह धामी र अमर धामीलाई प्रहरीले पक्राउ गरेको छ।

बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबरजस्तीकरणी गरिएको थियो। सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमती गरेका थिए।

तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो। बलात्कारमा संलग्न भनिएका स्थानीय दिपकसिह धामी अहिले फरार छन्।

सम्बन्धित समाचार :
बैतडीमा किशोरीको इज्जतको मोल १ तोला सुन ! ६ महिनापछि बाहिरियो बलात्कार घटना
सुदूरपश्चिम प्रहरीले भन्यो– बलात्कारको घटना मिलाउनेमाथि पनि कारबाही
बैतडीमा युवती बलात्कार गर्नेसहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी, २ जना पक्राउ
बैतडीमा बलात्कारमा मिलापत्र प्रकरणः वडाध्यक्षसहित थप ४ जना पक्राउ

 

कमेन्ट लोड गर्नुस