सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा युवती बलात्कार गर्नेसहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी, २ जना पक्राउ

२०७७ मंसिर १२, ०६:४९ खबर संवाददाता

धनगढीः बैतडीमा युवतीमाथि जबरजस्तीकरणी गर्ने युवक सहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालयमा बिहीबार पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवकसहित घटना गाउँमै मिलापत्र गराउँने ४ जना विरुद्ध जाहेरी दर्ता गराएकी हुन्।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवकसहित घटना गाउँमै मिलाउँने विरुद्ध जाहेरी दिएको बताए।

जाहेरी दिएलगत्तै घटना मिलापत्र गर्ने २ जनालाई पक्राउ गरिएको बताउँदै प्रहरी नायब उपरीक्षक अधिकारीले बलात्कारका आरोपी युवक सहितका अन्य २ जना फरार रहेकाले खोजी भइरहेको दिनेश खबरलाई बताए।

बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबरजस्तीकरणी गरिएको थियो। सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमती गरेका थिए।

तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो। बलात्कारमा संलग्न भनिएका स्थानीय दिपकसिह धामी अहिले फरार छन।

सम्बन्धित समाचार 

बैतडीमा किशोरीको इज्जतको मोल १ तोला सुन ! ६ महिनापछि बाहिरियो बलात्कार घटना

सुदूरपश्चिम प्रहरीले भन्यो– बलात्कारको घटना मिलाउनेमाथि पनि कारबाही

कमेन्ट लोड गर्नुस