सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौतर्फी दबाबपछि भारतमा यात्रु अलपत्र पार्ने धनगढीका ट्राभल एजेन्टविरुद्ध मुद्दा

२०७७ मंसिर १७, ०५:५६ खबर संवाददाता

धनगढीः रोजगारीका लागि भारत गएका यात्रुहरुलाई दुःख दिएको र ठगेको आरोप लागेको धनगढीको बर्दादेवी टुर एण्ड ट्राभल्सका अध्यक्ष सहितका ४ जना विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर भएको छ । 

उनीहरु विरुद्ध पीडित युवाहरुले मुद्दा दर्ता गराएपछि अध्यक्ष रमेश विश्वकर्मा, रुद्र जाग्री, खेम जोगी र अर्जुन जैगडीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रशासन कैलालीबाट अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरुको बिरुद्ध सार्वजनिक हित बिरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको हो । 

नाम सार्वजनिक गर्न प्रहरीको आनाकानी

कैलाली प्रहरीले भने नाम सार्वजनिक गर्न आनाकानी गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले व्यस्त रहेके भन्दै सहकर्मीलाई फोन दिए । उनका सहकर्मीले अर्काे फोनमा व्यस्त रहेको प्रतिक्रिया दिए । हामीले ५ बजेर १३ र २२ मिनेटमा उनलाई फोन मार्फत सम्पर्क गरेका थियौँ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम समशेर जवराले जानकारी नभएको प्रतिकया दिए । उनले ७ दिनको समय दिएको बताएपनि आरोपितहरुको नामको टिपोट नभएको बताएका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अनुसन्धानका लागि ७ दिनको म्याद थएिको बताए । उनले सार्वजनिक कसुर विरुद्धको मुद्दा भएकाले पुनः कारवाहीका लागि जिल्ला प्रशासन आउने जानकारी दिए । 

सम्बन्धित समाचार :
धनगढीको ट्राभल्स कम्पनीले पैसा नतिरेको रिस यात्रुमाथि, भारतीय बस व्यवसायीले १३० यात्रुलाई बाटोबाटै फर्काए
धनगढीको ट्राभल एजेन्सीका ४ जना पक्राउ, नाम सार्वजनिक गर्न अस्वीकार

 


 

कमेन्ट लोड गर्नुस