सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री सुवेदी कोरोना मुक्त

२०७७ मंसिर ८, ०९:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना मुक्त भएको जानकारी दिएका हुन् । मन्त्री सुवेदीलाई गत मंसिर १ गते कोरोना पुष्टि भएको थियो ।

आइतबार स्वाब दिएकोमा सोमबार उनीमा संक्रमण पुष्टि भएकाे उनको सचिवालयले जानकारी दिएको थियो । 

उनले दिप प्रज्वलन गर्ने र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन सावधानी अप्नाउन समेत उनले भनेका छन् ।
 

कमेन्ट लोड गर्नुस