सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वस्थ भएपछि मानव सेवा आश्रमले बैतडीकी चन्दलाई घर पुगायो

२०७७ मंसिर ६, ०७:०१ खबर संवाददाता

धनगढी : बैतडीकी मानसिक रोगी राधा चन्द स्वस्थ भइसकेपछि धनगढीको मानव सेवा आश्रमले घर पुर्याएको छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ की राधा चन्दलाई आश्रमले शनिबार घर पठाएको हो । 

आश्रमका अभिभावक सिद्धराज पनेरुले आफू र संयोजक आदर्श ढकालले चन्दको गाउँपालिकामै पुगी उनलाई वडा सदस्य कमला चन्दको जिम्मा लगाएको बताए ।

आश्रमका अभिभावक पनेरुले गाउँपालिका उपाध्यक्ष बिना भट्टले केही समयअघि मानसिक रोगी चन्दलार्ई आश्रम पुर्याएकी बताउँदै उनी पूर्णरुपमा स्वस्थ भइसकेपछि घर पुर्याइएको बताए ।

कमेन्ट लोड गर्नुस