सुदूर नेपाललाई विश्वसँग जोड्दै

शनिबार सुदूरपश्चिममा ५२५ नमूना परीक्षण गर्दा ६४ जनामा कोरोना पुष्टि

२०७७ मंसिर ६, ०६:५१ खबर संवाददाता

धनगढी : शनिबार सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा झण्डै साढे ५ सय जनाको परीक्षण गर्दा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको  प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय २५ जनाको परीक्षण गर्दा थप ६४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाको परीक्षण गर्दा  ५१ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।  

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आजको परीक्षणमा धनगढी उपमहानगरपालिकाका मात्र २७ जनामा संक्रमण पुष्टि भएको बताए ।  

उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ११ का २ जना, यस्तै वडा नम्बर ३, ४, ७, १२, १६ र १८ का १÷१ जनामा संक्रमण देखिएको छ ।

कैलालीकै टीकापुर नगरपालिकाका १६ जना, गौरीगंगा नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ भने ठेगाना नखुेका १ जनामा पनि कोराना पुष्टि भएको छ । 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र बेल्डाडी गाउँपालिकाका १ जनामा  पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

यस्तै जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ९९ जनाको परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए । उनका अनुसार डडेल्धुरा अस्पताल प्रयोगशालामा २७ जनाको परीक्षण गर्दा ४ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा १४ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पष्टि भएको छ ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ९ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका झण्डै ८ हजार ८ सय ७५ सय जनाले कोरोना जितेका छन् भने ५० जनाको मृत्यु भएको छ ।  
 

कमेन्ट लोड गर्नुस