सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ वटा गोलियासहित ३ जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर ६, ०६:१७ खबर संवाददाता

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका ७ खप्तड बहुमुखी क्याम्पस नजिकैबाट १२ वटा अस्नाको गोलियासहित ३ जना पक्राउ परेका छन् ।

सब डिभिजन वन कार्यालय मसुरियाका वन अधिकृत डबल बोहराका अनुसार शनिबार वनको गस्ती टोलीले डल्लपमा अस्ना प्रजातिको रुखको गोलिया लोड गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ७ का शेरबहादुर खडका, यगम खडका र उमेश साउँद रहेको वन अधिकृत बोहराले जानकारी दिए ।

डल्लप र सालको गोलिया बरामद गरी सब डिभिजन वन कार्यालयमा ल्याएको अधिकृत बोहराले दिनेशखबरलाई जानकारी दिए । पक्राउ परेका ३ जना अहिले नियन्त्रणमा रहेका छन् ।

कमेन्ट लोड गर्नुस