सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जंगलमा फेला परिन महिला

२०७७ मंसिर ६, ०६:११ खबर संवाददाता

धनगढी: कैलालीको जंगलमा एक महिला फेला परेकी छिन् । डोटीको धौला बस्ती काटै घर बताउने उनी कैलालीको लम्किचुहा नगरपालिका–६ बाहुनपुरको जंगलमा फेला परेकी हुन । 

उनलाई स्थानीयले जंगलमा फेला पारेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । उनको नाम सोध्दा पवित्रा विष्ट बताएको प्रहरीले जनाएको छ । 

अहिले महिलालाई बर्दगोरीया गाउँपालिका बौनियामा रहेको सहयोगी हात नामक संस्थाको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय लम्कीले बताएको छ । 

साथै प्रहरीले ती महिलालाई चिन्नेले फोन नम्बर ९८५८४२२२९९ वा ९८५८४९०३०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ । 


 

कमेन्ट लोड गर्नुस