सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप २७ जनामा जनामा कोरोना पुष्टि

२०७७ मंसिर ६, ०३:१० खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका थप २७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार ३७७ जनाको परीक्षण गर्दा धनगढीका थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ११ का २ जना, यस्तै वडा नम्बर ३, ४, ७, १२, १६ र १८ का १/१ जनामा संक्रमण देखिएको जानकारी दिए ।

यस्तै वडा नखुलेका धनगढीका ४ जनामा समेत कोरोना पुष्टि भएको छ । 
 

कमेन्ट लोड गर्नुस