धनगढीका सिंह काठमाडौं प्रहरी प्रमुख
धनगढीः धनगढीका अशोक सिँहले काडमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।
गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गर्दै काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सिंहलाई जिम्मेवारी दिइएको हो । यसअघि प्रमुख रहेका एसएसपी श्याम ज्ञवाली प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गर्दै सिंहलाई काडमाडौं प्रमुखको जिम्मा दिएको हो भने ज्ञवालीलाई प्रधान कार्यालयमा तानेको हो ।
मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सिंहलाई प्रमुखकाे जिम्मेवारी दिइएकाे हाे ।