सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी सिंहको सरुवा
२०७७ मंसिर ५, ०२:२९
धनगढी: नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । शुक्रबार गृह मन्त्रालयले सरुवा सूची निकालेको छ ।
जसअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहको सरुवा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल, डोटीमा भएको छ । उनको ठाउँमा मोहन कुमार आर्चाय आउने भएका छन् ।
आर्चाय संघीय प्रहरी एकाई कार्यालय रुपन्देहीमा कार्यरत थिए ।
कमेन्ट लोड गर्नुस