सुदूर नेपाललाई विश्वसँग जोड्दै

नमूना संकलन नभएपछि सेती अस्पताल प्रयोगशालामा कोरोना परीक्षण भएन

२०७७ मंसिर ३, ०२:०७ खबर संवाददाता

धनगढीः नमूना संकलन नभएपछि सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कोरोना परीक्षण हुन सकेको छैन् । तिहारका बेला समेत परीक्षण नरोकेको अस्पतालमा आज भने नमूना संकलन नै नभएपछि परीक्षण नभएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा कोरोना परीक्षण हुन नसकेको बताए ।

उनले पीसीआर मेसिन सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम ९७ वटा नमूना समेत संकलन नभएपछि परीक्षण हुन नसकेको जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस