कैलालीमा ब्राउन सुगर सहित १ जना पक्राउ
धनगढीः कैलालीमा लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् ।
जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ७ सुनाफाटाबाट ३ ग्राम लागु औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले ब्राउन सुगर सहित टीकापुरकै लोकेन्द्र धामीलाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार अदालतबाट म्याद थपेर धामीमाथि अनुसन्धान भइरहेको छ ।