कैलालीमा पैदल यात्रीलाई ठक्कर दिने मोटरसाइकल चालक गम्भीर घाइते
धनगढीः कैलालीमा पैदल यात्रीलाई ठक्कर दिने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ को बौनिया बजारमा से ५ प ७७८ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदा चालक बौनियाकै ४२ वर्षीय भीम चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले चालक चौधरीलाई कैलालीमा उपचार सम्भव नभएपछि कोहलपुर रेफर गरिएको छ ।
उनको मुख, ढाड र खुट्टामा चोट लागेको छ । यस्तै मोटरसाइकलको ठक्करबाट पैदल यात्री १८ वर्षीय गजेन्द्र थापा घाइते भएका छन् ।
हात, ढाड र टाउकोमा चोट लागेका थापाको अवस्था भने खतरामुक्त रहेको छ ।