कैलालीमा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा दुई जना घाइते
कैलालीमा मोटर साईकलले साईकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
जिल्लाको टिकापुर नगरपालिका वडा नम्बर ८ शुलाफाँटाको पुल नजिकै सत्ति भजनी सडक खण्डमा आइतबार साँझ ७ : २० बजेको समयमा मोटर साईकलले साइकललाइृ ठक्कर दिँदा दुई जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
टिकापुरबाट भजनि जाँदै गरेको से ४ प १६७५ नम्बरकाे मोटर साइकलले सोही दिशातर्फ गईरहेको साईकललाई ठक्कर दिँदा भजनी नगरपालिका ८ कृष्णनगर बस्ने ४० वर्षीय सितारानि चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
उनको टिकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ ।
नाम र ठेगाना नखुलेका मोटर साइकल चालक पनि घाइते भएका छन् । बेहोस अवस्थामा रहेका उनको टिकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तर अहिले सम्म उनका आफन्त कोही पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । मोटररसाइकल जनकपुर प्रहरी चौकीको नियन्त्रणमा रहेको जनाइएको छ ।