सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंमा एकै गाउँमा २ ग्यांग फाइट

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ कार्तिक ११, ०३:२९ खबर संवाददाता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १७ धुर्जन्नामा दशैंको अवधीमा अलग–अलग २ ग्यांग फाइटका घटना घटेका छन् ।

मदाक पदार्थ सेवन गरेका समूहहरुले दशैंको अवधीमा आपसमा कुटपिट गरेका गर्दा ४ जना बढी घाइते भएका छन् । कनरी प्रहरी चौकीका अनुसार विजयादशीका दिन ग्यांग फाइट हुँदा दशैं मनाउन धुर्जन्ना आएका जिल्लाको गौरीगंगा नपा ६ मोयका दिपक बोहरा घाइते भएका हुन् । स्थानीय १०÷१५ जना युवाबाट उनी कुटिएका हुुन् ।

धनगढी उपमहानगरपालिका १७ का वडा अध्यक्ष बमबहादुुर बोहराका अनुसार स्थानीय केही युवाहरुले चन्दा संकलन गरिरहेका थिए । केही स्थानीयले चन्दा दिन नमान्दा २ समूहबीच झडप हुँदा उनी मिलाउन जाँदा कुटिएको वडा सदस्य बोहराले जानकारी दिए ।

सोही वडामै अर्को सामूहिक कुटपिटको घटना भएको छ । कार्तिक ९ गते धुर्जन्नाकै राजेश चौधरीलाई आफ्नै पसलमा बसिरहेको अवस्थामा स्थानीय युुवा युवराज राना र सरोज चौधरीले कुटपिट गरी घाइते बनाएका थिए । राजेश चौधरी कुटिएको घटना कनरी प्रहरी चौकीमै मिलापत्र भएको जनाइएको छ ।
 

कमेन्ट लोड गर्नुस