संघीय संसदको अधिवेशन बैशाख २८ गते दिउँसो २ बजे बस्नेगरि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
२०८३ वैशाख २२, ०३:४३
काठमाडौँ: सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन बैशाख २८ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन बैशाख २८ गते दिउसो २ बजे बस्नेगरि आह्वान गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
कमेन्ट लोड गर्नुस