नमूना संकलन नभएपछि कोरोना सेती अस्पताल प्रयोगशालामा परीक्षण रोकियो
धनगढीः सेती प्रादेशिक अस्पताल प्रयोगशालामा नमूना नहुदा कोरोना परीक्षण रोकिएको छ ।
दशैँका बेला समेत कोरोना परीक्षण गर्ने भनिएपनि नमूना नै संकलन नभएपछि परीक्षण रोकिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले सोमबार र मंगलबार परीक्षण नभएको बताए । उनले नमूना संकलन हुन नसकेका कारण सोमबार र मंगलबार परीक्षण हुन नसकेको जनाए ।
‘ परीक्षण गर्न कम्तीमा पनि १ सय वटा नमूना चाहिन्छ ।’ श्रेष्ठले भने, ‘आइतबार ५० र सोमबार ५÷७ मात्रै संकलन भएछ । मंगलबार नमूना संकलन भएका छन् । अब बुधबार नतिजा आउँछ ।’