सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘परदेशी आयो कोशेली ल्यायो’ गितको म्युजिक भिडियो सार्वजनिक

२०७७ कार्तिक ९, ०९:२० खबर संवाददाता

धनगढीःपरदेशी आयो कोशेली ल्यायो’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चेतन क्षेत्रीको स्वर र प्रकाश सापकोटाको शब्द रहेको गितको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

सुभास भुसालले संगित दिएको उक्त गीतमा उदय राज पौडेलले एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा विपिन कार्की, सुरबीर पण्डित, शर्मिला शर्मा, कविता न्यौपाने र सिताष्मा धरेलले अभिनय गरेका छन् ।

देवेन्द्र नेपालले निर्देशन गरेको गीतको भिडियोको सम्पादन अबित खण्डगीले र छायाँकन दिवेश उपाध्याय र दिप्सन डंगोलले गरेका हुन् ।

गितमा अहिलेको बेरोजगारी समस्यालाई उठान गरिएको छ ।

https://www.youtube.com/watch?v=Oj-5-Xm-YhA&feature=share&fbclid=IwAR3kA...

कमेन्ट लोड गर्नुस