सुदूर नेपाललाई विश्वसँग जोड्दै

मस्जिद तोडफोड गर्ने पक्राउ

मस्जिद परिसर पुनः निर्माण
मस्जिद परिसर पुनः निर्माण । फोटो स्रोत ।
२०७७ कार्तिक ८, ०८:२५

सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा शनिबार बिहान तोडफोड गरिएको छ । जुजुकाजी महर्जनको समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

सय वर्ष भन्दा पुरानो  मस्जिद भूमाफियाको तारो बन्ने गरेको बताइएको छ । महर्जनको समूहले मस्जिद भत्काएपछि घटनास्थल पुगेका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको आरोप लगाएका छन् । निर्माणाधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग  छ । भोगचलन मस्जिद व्यवस्थापन समितिले गर्दै आएको छ ।

डोजर लगाएर भत्काइएको मस्जिद परिसर पुनः निर्माण शुरु गरिएको छ । मुस्लिम आयोगका अध्यक्ष अन्सारीले भत्काइएको मन्दिरको भागको पुनःनिर्माणको शिलान्यास गरेका हुन् ।
 

कमेन्ट लोड गर्नुस