सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोकगायक श्रेष्ठको निधन

२०७७ कार्तिक ७, ०६:१४ रासस

लमही: लोकगायक तथा अभिनेता मधुराप्रसाद श्रेष्ठको हृदयाघात कारण ७५ वर्षको उमेरमा निधन भएको छ । 

श्रेष्ठको घोराही उपमहानगरपालिका–१४ मिलनचोकस्थित निवासमा निधन भएको हो । श्रेष्ठले २०३० सालमा पहिलो पटक रेडियो नेपालमा लोकगीत रेकर्ड गरेका थिए । श्रेष्ठ एक कुशल गायक, सर्जक एव सङ्गीतकार भएको यादव योगीले बताए । श्रेष्ठका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।  

२००२ सालमा प्युठान जिल्लामा जन्मिएका श्रेष्ठको परिवार बसाइसराइ गरी दाङको घोराही आएको थियो ।

कमेन्ट लोड गर्नुस