सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वमन्त्री बास्कोटालाई कोरोना संक्रमण

२०७७ कार्तिक ६, ०४:०३ खबर संवाददाता

धनगढी: पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

बास्कोटाका अनुसार आफूलाई संक्रमणको कुनै लक्षण नरहेको तर श्रीमती तारा मानन्धरलाई लक्षण देखिएको छ।

उनले फेसबुक र ट्वीटरमा लेखेका छन्, ‘मलाई पनि पोजेटिभ देखियो। तर राम्रो के भने बितेको दश दिनयता मैले कसैलाई भेटेको छैन। मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षणसहित। दुबै छोरालाई नेगेटिभ देखिनु चाहिँ धेरै राम्रो। सुरक्षित रहौँ।’ 

कमेन्ट लोड गर्नुस