स्यानिटाइजरमा आगो सल्किएपछि...
धनगढी: ह्यान्ड स्यानिटाइजरमा आगो सल्किदाँ एक बालिकाको अनुहार जलेको छ। घटना होअमेरिकाको ओहायो राज्यको।
ह्यान्ड स्यानिटाइजर बोकेर खेलिरहदा ६ वर्षीया इसाबेला राउमीको अनुहार जलेको हो।
आफ्ना बहिनी र साथीसँग स्यानिटाइजर बोकेर खेलिरहेकी इसाबेलाले अन्जानमा लाइटर जलाएकी थिइन।
लाइटरको आगोले स्यानिटाइजर एक्कासी बल्दा इसाबेलाको मुहार आगोले जलेको संचारमाध्यमहरुले जनाएका छन्।
उनको मुहारमा ठूलो घाउ र चोट लागेको बताइएको छ। घटनापछि बालिकाकी आमा लारिया स्काफेनबर्गले स्यानिटाइजरलाई जथाभावी राख्न नहुने बताएकी छिन्। एजेन्सी