सुदूर नेपाललाई विश्वसँग जोड्दै

संसद सचिवालयलाई भीम रावलको पत्रः मेरो दशैं भत्ता फिर्ता हुने व्यवस्था गर्नू

२०७७ कार्तिक २, ०३:३० खबर संवाददाता

धनगढी: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता तथा सांसद भीम रावलले दशैं भत्ता वापत आफ्नो खातामा आएको रकम फिर्ता गर्न आग्रह गरेका छन्। आइतबार संसद सचिवालयलाई पत्र लेख्दै सांसद रावलले दशैँ भत्ता वापतको रकम फिर्ता गर्न आग्रह गरेका हुन। 

संसद सचिवालयलाई पत्र लेख्दै सांसद रावलले आफ्नो खातामा जम्मा भएको रकम फिर्ता लिन कठिनाइ भएमा आफूबाट चेक लिन या आफ्नो आगामी महिनाको पारिश्रमिकबाट कट्टी हुनेगरी मिलाउन अनुरोध गरेका छन्।

साथै नेता रावलले  कोरोना महामारीका बेला सांसद तथा निर्वाचित जनप्रतिनिधिले दशैँ भत्ता लिन नहुने बताएका छन्। 

कमेन्ट लोड गर्नुस