कैलाली अस्पतालमा कार्यरत ४ कर्मचारीलाई कोरोना संक्रमण, जनरल वार्ड सिल

२०७७ कार्तिक १, ०६:०६
धनगढीः कैलाली अस्पतालमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अस्पतालका ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको अस्पताल सञ्चालक जनकराज जोशीले बताए।
उनका अनुसार २ जना नर्स र २ जना सफाई कर्मचारीलाई कोरोना देखिएको हो। अस्पतालका कर्मचारीलाई कोरोना देखिएपछि जनरल वार्ड र एक्सरे सेवा बन्द गरिएको जोशीले बताए।


कमेन्ट लोड गर्नुस