सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप ३६ जनामा कोरोना पुष्टि, कुन-कुन वडाका हुन संक्रमित ?

२०७७ कार्तिक १, ०५:२९ खबर संवाददाता

धनगढीः धनगढीका थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शनिबार थप ३६ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १६ जना, वडा नम्बर ४ र ५ का  ४/४ जना, वडा नम्बर ८ का ३ जना, त्यसैगरी वडा नम्बर २ र ३ का २/२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

यस्तै वडा नम्बर ६, ७, १२, १४ र १८ का एक/एक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।

योसँगै धनगढीमा संक्रमितको संख्या ११ सय ४० पुगेको छ।
 

कमेन्ट लोड गर्नुस