सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारीमा कोरोना पुष्टि

२०७७ कार्तिक १, ०२:२५ खबर संवाददाता

धनगढीः धनगढीको चौलानी डिपाटमेन्टल स्टोरका १६ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना सहित १६ जनालाइ संक्रमण पुष्टि चौलानी डिमाटमेन्टल स्टोरका सञ्चालक मानसिह साउँदले दिनेश खबरलाई बताए ।

उनले यसअघि ७ जना कर्मचारीलाई संक्रमण देखिएपछि अन्यको परीक्षण गर्दा थप ९ जनामा कोरोना पुष्टि भएको बताए ।

संक्रमित १६ जनामा नै कुनै लक्षण नदेखिएको बताउँदै उनले सबैलाई होम आइसोलेसनमा राखिएको जानकारी दिए ।

अहिले रिर्पोट नेगेटिभ आएका कर्मचारीहरु मात्र डिपाटमेन्टल स्टोरमा काम गरिरहेको उनले बताए ।  
 

कमेन्ट लोड गर्नुस