विजयादशमीको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

धनगढी: विजयादशमीको अवसरमा धनगढीमा रहेको मावन सेवा आश्रमलाई सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका –४ रातोपुलमा रहेको परिवर्तन ईम्पेक्सका प्रोपाइटर विश्व प्रकाश कडेल र धनगढी–३ चौराहाका भुपेन्द्रलाल श्रेष्ठ र शुभलक्ष्मी जोशीले आश्रमलाई कपडा र खाजा सहयोग गरेका हुन।
कडेलले आश्रममा आश्रय लिइरहेका असाहयलाई ४५ थान टिसर्ट र श्रेष्ठ परिवारले बिहानको खाजा प्रदान गरेको आश्रमका अभिभावक सिद्धराज पनेरुले जानकारी दिए।
