सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा कार्यकक्षमै ढलेको अवस्थामा भेटिएका रिलायन्स इन्सोरेन्सका म्यानेजरको मृत्यु

२०७७ कार्तिक १, ०७:१६ खबर संवाददाता

धनगढीः कार्यकक्षमै ढलेको अवस्थामा भेटिएका रिलायन्स इन्सोरेन्स महेन्द्रनगरका म्यानेजरको मृत्यु भएको छ।

शुक्रबार दिउँसो कार्यकक्षमा ढलेको अवस्थामा भेटिएका रिलायन्स इन्सोरेन्सका म्यानेजर बैतडीको सुर्नया गाउँपालिकाका ३५ वर्षीय गणेश साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले कार्यकक्षमै ढलेको अवस्था भेटिएका साउँदको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको बताए।

साउँद वान्ता गरी ढलेको अवस्थामा भेटिएको खबरपछि उद्दार गरेर उपचारका लागि धनगढी पठाइएको भएपनि शुक्रबार साँझ उनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक थापाले बताए।

मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। 

कमेन्ट लोड गर्नुस