कैलालीमा गोहीको आक्रमणबाट एक जना घाइते

२०८१ चैत्र ३, १०:१५
धनगढी: कैलालीमा गोहीको आक्रमणबाट एक जना घाइते भएका छन्।
जिल्लाको भजनी नगरपालिका–८ सोनाफाँटाका ४० वर्षीय गंगालु चौधरी गोहीको आक्रमणबाट घाइते भएका हुन।
उनको हातमा गोहीले आक्रमण गरेको छ। पथरिया नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गरेको प्रहरीले बताएको छ। उनको टीकापुर अस्पतालमा उपचार भइरहेको छ।




कमेन्ट लोड गर्नुस