सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्पेनमा कोभिडका सङ्क्रमित फेरि बढ्न थाले

२०७७ असोज २८, ०७:२२

म्याड्रिड: स्पेनमा कोरोना भाइरस (कोभिड १९) का नयाँ सङ्ंक्रमित थपिन थालेका छन्। यहाँ पनि कारोना भाइरसको संक्रमणको दोस्रो वेभ आएको बताइएको थियो। प्राप्त समाचारअनुसार यहाँ बितेको एक हप्तामा कम्तीमा पनि सात हजार जनामा नयाँ संक्रमण देखिएको हो।

बताइएअनुसार यहाँ गरिएको परीक्षणका क्रममा सात दिनयता ७ हजार ११८ जनामा नयाँ सङ्क्रमण देखिएको हो। साथै गएको सात दिनमा यहाँ ४८० जनाको निधन भएको छ। स्पेनका स्वास्थ्य अधिकारीहरुले यस सङ्क्रमणबाट हरेक दिन कम्तीमा पनि ८० जनाले ज्यान गुमाउन थालेको बताएका छन्।

उनीहरुले स्पेनमा पनि यो सङ्क्रमणको दोस्रो वेभ आएको र हिजो आज हरेक थप नयाँ नयाँ संख्यामा सङ्क्रमितहरु भेटिन थालेका पनि बताएको छ।  चीनको हुबे प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २०० भन्दा बढी देशमा फैलिएको छ । तर शुरुमा यो सङ्क्रमणले स्पेन र इटालीलाई निकै क्षति गराएको थियो।

यहाँका स्वास्थ्य अधिकारीहरुले यो सङ्क्रमणका २ लाख ६८ हजार जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन् । पछिल्ला महिनाहरुमा स्पेनमा यसका सङ्क्रमितहरु निकै घटेकोमा हाल आएर बढ्न थालेका बताइएको छ।-एएनआई

कमेन्ट लोड गर्नुस