सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा धनगढीकी अग्रवालद्वारा विपन्न परिवारलाई सहयोग

२०७७ असोज २८, ०३:४२ खबर संवाददाता

धनगढी: जन्मदिनको अवसरमा हेल्प फर ह्याप्पिनेस सुदूरपश्चिम प्रदेश कमिटी तथा आपतकालिन असाहय सहयोग कोषकी सदस्य प्रियंका अग्रवालले सहयोग गरेकी छन्। उनले धनगढी उपमहानगरपालिका–१ भवानी टोलकी दुर्गादेवी ऐरको परिवारलाई सहयोग गरेकी हुन। 

अग्रवालले दालचामल, पिठो, बिस्कुट, तेल, नुन, मसलाहरु, चिनी चियापत्ती, सर्फ तथा साबुन  लगायतका  सामग्री सहयोग गरेकी हुन।

श्रीमान विगत ५ वर्षदेखि रोजगारीका लागि भारत गएका र उतै बेपत्ता भएको बताउने दुर्गादेवी सहयोग पाउँदा हर्षित भएकी छन्। 

संस्थाका संयोजक जिएस भण्डारीले दुर्गाको छिमेकीले खबर गरेको आधारमा ऐर परिवारलाई सहयोग गरिएको बताए। साथै उनले गरिब तथा अतिविपन्न परिवारलाई सहयोगार्थ विगतदेखि संस्थाले हृदयको आँखा कार्यक्रम संचालन गर्दै आएको बताएका छन्। 

कमेन्ट लोड गर्नुस