सुदूर नेपाललाई विश्वसँग जोड्दै

बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेट छुट्याईने

२०७७ असोज २५, ०७:२७ खबर संवाददाता

धनगढीः अछामको बयलपाटा अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेट छुट्याईने भएको छ।

आमरण अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच शनिबार राती बयलपाटा अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेट व्यवस्था गर्ने सहमती भएको हो।

सहमती पत्रको ३ नम्बर बुँदामा बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने उल्लेख छ।

डाक्टर केसीले बयलपाटा अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने माग उठाएका थिए। 
 

कमेन्ट लोड गर्नुस