सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका नीजि विद्यालयमा माफियाकरण भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

२०७७ असोज २३, ०७:२८ खबर संवाददाता

धनगढीः कैलालीका नीजि विद्यालयका सञ्चालकहरुले माफियाकरण गरेको भन्दै विद्यार्थी संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन्।

नीजि विद्यालयका सञ्चालकले पुस्तक प्रकाशकसँग मिलेर माफियाकरण गरिरहेको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरालाई ज्ञापन पत्र बुझाईएको छ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी), अखिल (छैठौं), समाजवादी विद्यार्थी युनियन लगायतले शुक्रबार प्रजिअलाई ज्ञापनपत्र बुझाउँदै पब्लिकेशनसँग मिलेर प्रत्येक वर्ष पुस्तक परिवतन गर्ने र शिक्षा क्षेत्रमा व्यापारीकरण, माफियाकरण, कालोबजारी र बढेको विकृति हटाउन माग गरेको छ।

उनीहरुले नीजि तथा सरकारी विद्यालयहरुले कोरोना संक्रमणको महामारीमा स्वास्थ्य सुरक्षाको प्रवाह नगरी विद्यालय सञ्चालन गरेकाले जोखिम बढ्ने भन्दै अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्दै पठनपाठनको वातावरण बनाउन पनि माग गरिएको छ।

यस्तै, कोरोना कहरका बेला नीजि शैक्षिक संस्थाहरुले अनलाईन कक्षाका नाममा जथाभावी असुलिरहेको शुल्क नियन्त्रण गर्नुपर्ने, कोभिडका कारणले अल्पत्र परेका गरिबीको रेखामुनी रहेका व्यक्ति, विद्यार्थी र मजदुरलाई जिविकोपार्जन र कोठा भाडाको सन्दर्भमा तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने, यातायातमा बढाइएको ५० प्रतिशत भाडा वृद्धिदर खारेज गरी विद्यार्थीलाई दिइदै आएको सहुलियत कार्यान्वयन गर्न समेत विद्यार्थी संगठनले माग गरेका छन्।

कमेन्ट लोड गर्नुस