धनगढीमा आज थपिए ५ जना संक्रमित
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आज पाँच जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको कोरोना परीक्षण धनगढीका थप ५ जनामा संक्रमण पुष्टि भएको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर २, ३, ५, ६ र १५ का एक÷एक जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। योसंगै धनगढीमा संक्रमितको संख्या सात सय ९८३ पुगेको छ।
एक सय ९६ महिला र तीन सय ८९ पुरुष गरी पाँच सय ८५ जना कोरोना मुक्त भएका छन्। दुई सय १० जना संक्रिय संक्रमित रहेका छन्। संक्रिय संक्रमित मध्ये ९० प्रतिशतको बाह्य ट्राभल हिस्ट्री नरहेको समेत धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।