राष्ट्रपतिले फिर्ता पठाएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः सिफारिस
काठमाडौँः सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३’ पुनः सिफारिस गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार यसअघि सिफारिस गरिएका ८ वटा अध्यादेशमध्ये ७ वटा राष्ट्रपतिबाट जारी भइसकेका छन्। तर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए।
उक्त अध्यादेशमा कुनै परिवर्तन नगरी जस्ताको तस्तै पुनः सिफारिस गरिएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन्।