सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोकेबजार क्षेत्रबाट सुनका गहनासहित दुई जना पक्राउ

२०७७ असोज १०, ०४:३९ खबर संवाददाता

धनगढी: नेपाल–भारत सीमा नाका कञचनपुरको डोकेबजार क्षेत्रबाट सुनका गहनासहित दुई जनालाई पक्राउ गरिएको छ। क्षेत्रीय अनुसंधान टिम सुुदूरपश्चिम प्रदेशले भारतको मुम्बैबाट आएका दुई जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउपालिका वडा नम्वर २ का २२ बर्षीय मोहन कटुवाल कामी र १९ बर्षका सुमित भुजेल रहेका छन्। उनीहरुले सुनका गहनाहरु चोरी गरि नेपाल ल्याउँदै गर्दा नियन्त्रणमा लिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेश कुमार सिंहले बताए।

मोटो बाला ५ थान, चुरा चार थान, औँठी चार थान, झुम्का ६ थान, कानको टप एक जोडी, हार एक थान, सानो बाला एक थान लगायतका गहना बराम गरिएको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए। उनले थप अनुसन्धान भईरहेको बताए।

कमेन्ट लोड गर्नुस