धनगढीमा मंगलबार थपिए ५ जना संक्रमित
२०७७ असोज ६, ०४:०९
धनगढीः धनगढीमा मंगलबार ५ जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २ जना र वडा नम्बर १, ८, र १७ का एक/एक जनामा संक्रमण पुष्टि भएको हो।
कमेन्ट लोड गर्नुस