सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–काठमाडौँ हवाई उडान ६ महिनापछि आजदेखि सुरु

२०७७ असोज ५, ०७:४५ खबर संवाददाता

धनगढी : कोरोना भाईरसको संक्रमण रोकथामका लागि ६ महिनादेखि बन्द रहेको हवाइ उडान आजदेखि फेरी सुरु हुने भएको छ।

सरकारले आन्तरिक हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि धनगढी–काठमाडौँ–धनगढी सुरु हुन लागेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले आज बुद्ध एयरले उडान भर्ने जानकारी दिए। थापाका अनुसार बुद्ध एयर काठमाडौँबाट १० बजेर ५० मिनेटमा धनगढीका लागि उड्नेछ भने धनगढीबाट १२ बजेर ५० मिनेटमा काठमाडौँ फर्किने छ।

श्री एयरलाइन्सले भने केही दिन ढिलो गरी उडान भर्ने विमानस्थल कार्यालयले जनाएको छ।

यसअघि धनगढी–काठमाडौ–धनगढी उडान भर्दै आएको नेपाल एयरलाईन्सले भने धनगढी विमानस्थलबाट आफ्नो काउण्टर हटाइसकेको विमानस्थल प्रमुख बुढथापाले बताए।

उनका अनुसार केही समयपछि सौर्य एयरलाईन्सले भने फेरी धनगढीका लागि नियमित उडान भर्ने तयारी थालेको छ।

केही बर्ष अगाडिसम्म सौर्य एयरलाईन्सले धनगढीका लागि उडान भर्दै आएकोमा पछि बन्द गरेको थियो। 
  
 

कमेन्ट लोड गर्नुस