सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ६८१९ जनामा कोरोना पुष्टि, ५७४६ जना डिस्चार्ज

२०७७ असोज ५, ०७:०० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ८ सय नाघेको छ।

आईतबार प्रदेशका चारवटा प्रयोगशाला मार्फत भएको परीक्षणमा थप ४४ जनामा कोरोना पुष्टि भएइसँगै संक्रमितको संख्या ६ हजार अठ सय १९ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार कैलालीमा सबैभन्दा बढि दुई हजार एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ। यस्तै डोटीमा एक हजार ४७ जना, अछाममा नौ सय ८९ जना, कञ्चनपुरमा सात सय ४९ जना संक्रमित छन्।

बझाङमा चार सय ६३, बाजुरामा चार सय ५३, बैतडीमा तीन सय ९४, डडेल्धुरामा तीन सय २८ र दार्चुलामा ७६ जना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

उनीहरु मध्ये पाँच हजार सात सय ४६ जनाले कोरोना जितेको दावी गरेको छ। कैलालीका एक हजार ६ सय ७९ जना, डोटीका नौ सय २८ जना, अछामका नौ सय १२ जना, कञ्चनपुरका सात सय ९ जना संक्रमण मुक्त भएका छन्।

यस्तै बैतडीका तीन सय २६, बझाङका तीन सय ८८, बाजुराका चार सय ४२, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४६ जनाले कोरोना जितेको दावी गरिएको छ।

प्रदेशभर अहिले सम्म कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ।  
 

कमेन्ट लोड गर्नुस