धनगढीमा आइतबार थपिए १० जना संक्रमित
धनगढी: धनगढीमा आइतवार १० जना कोरोना संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ५ महिला, वडा नम्वर २ का तीन पुरुष, वडा नम्वर ५ र १३ का एक्र/एक पुरुषमा संक्रमण पुष्टि भएको हो।
योसंगै धनगढीमा कोरोना संक्रमितको संख्या चार सय ६६ पुगेको थियो। एक सय ६५ महिला र तीन सय एक पुरुष गरी चार सय ६६ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।