सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा पत्रकार पहराइको हत्या भएको भन्दै कारावाहीको माग गर्दै प्रदर्शन

२०७७ असोज ४, ११:२३ खबर संवाददाता

धनगढीः शुक्रबार जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी पत्रकार निर्मला पहराइको हत्या भएको भन्दै धनगढीमा प्रर्दशन गरिएको हो। 

कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा रहेको कैलाली एफएममा कार्यरत २३ वर्षीया पहराइको हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना दिदै प्रर्दशन गरेका हुन्।

पहराइ मृत भेटिएको घटनाको सत्यतथ्य छानविन गरी हत्यामा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै दलित संघ/संगठनहरुले धनगढीमा प्रदर्शन गरेका हुन्।

पहराईलाई उनकै सहकर्मीले विवाहको प्रलोभनमा पारेर हत्या गरिएको आरोप उनीहरुले लगाएका छन्।

घोडाघोडी नगरपालिका वडा नम्वर ५ मा रहेको फूलवारी सामुदायिक वनमा झुण्डिएको अवस्थामा पहराइ मृत भेटिएको घटनामा अनुसन्धानका लागि उनका पूर्व सहकर्मी समेत रहेका पत्रकार ललित जाग्रीलाई साधपुछका लागि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरिक्षक सागर बोहोराले सोधपुछका लागि जाग्रीलाई नियन्त्रणमा राखिएको भएपनि पीडित पक्षबाट जाहेरी आईनसकेको बताए।

उनले पीडित पक्षले दिने जाहेरीका आधारमा घटनाबारे थप अनुसन्धान थालिने बताए। शव परीक्षणको रिर्पोट समेत नआएकाले अहिले नै हत्या वा आत्महत्या के हो ? भनेर भन्न नसकिने उनी बताउँछन्।

पीडित परिवारले भने पहराइको हत्या गरिएको भन्दै दोषीलाई कारवाही गर्न माग गर्दै आएका छन्।

घोडाघोडी नगरपालिका वडा नम्वर ४ स्थायी बसोबास भएकी पहाराई भदौ ३१ गतेदेखि वेपत्ता थिईन् भने शुक्रबार मात्र झुण्डिएको अवस्थामा उनी मृत भेटिउकी थिईन्।

मृतक पहराईको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। 
 
 

कमेन्ट लोड गर्नुस