सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संक्रमितको संख्या ४५६ पुग्यो, १५१ संक्रिय संक्रमित

२०७७ असोज ४, ०७:३२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या साढे चार सय नाघेको छ।

धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शनिबार सम्म नगर क्षेत्रका चार सय ५६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

एक सय ६० महिला र  दुई सय ९६ पुरुष गरी चार सय ५६ जनामा संक्रमण पुष्टि भएको उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए।

उनका अनुसार नगर क्षेत्रका एक सय १३ महिला र एक सय ९० पुरुष गरी तीन सय तीन जनाले कोरोना जितिसकेका छन्।

४५ महिला र एक सय ६ पुरुष गरी एक सय ५१ जना संक्रिय संक्रमित रहेको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।

उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का दुई महिलाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  
 

कमेन्ट लोड गर्नुस