सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संविधान दिवसको अवसरमा रक्तदान र सरसफाई कार्यक्रम

२०७७ असोज ३, ०६:१६ खबर संवाददाता

धनगढी: संविधान दिवसको अवसरमा न्यु उपदेश युवा क्लबले धनगढीमा रक्तदान र सार्वजनिक स्थलको सरसफाई कार्यक्रम सम्पन्न भएको छ। क्लबले धनगढी उपमहानगरपालिका–६ जालीस्थित पिपल चोकमा सरसफाई तथा रक्तदान कार्यक्रम कार्यक्रम आयोजना गरेको हो। 

‘युवाको सामाजिक अभियान, एक पिन्ट रक्तदान’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गरेको कार्यक्रम संयोजक विदेशराम चौधरीले बताए। क्लबको विभिन्न सामाजिक अभियान अन्तरगत उक्त कार्यक्रम गरेको क्लबको अध्यक्ष श्रवण देउवाले जानकारी दिए। दिवसको अवसरमा चोक तथा सार्वजनिक प्रतिक्षालय सरसफाईसहित रक्तदान कार्यक्रम गरेको उनले बताए। 

क्लबले विगतदेखि नै सो क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस