सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

२०७७ असोज ३, ०४:४६ खबर संवाददाता

धनगढी : नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। आठ वटा जिल्लाका ७ महिला र ४ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मोरङमा ६५, रौतहटमा ५१, सर्लाहीमा ५६, ललितपुरमा ७६ र ६८ वर्षीया महिला र ६० वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै काठमाडौमा ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, मकवानपुरमा ३७ वर्षीया महिला, रुपन्देहीमा ६९ वर्षीय पुरुष र बाँकेमा ४५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ। 

कमेन्ट लोड गर्नुस